एअर इण्डियाले ४ सय ७० वटा ठूला विमान खरिद गर्ने, प्रधानमन्त्री मोदीले दिए यस्तो प्रतिक्रिया

एजेन्सी – भारतको राष्ट्रिय ध्वजाबाहक एअर इण्डियाले ४ सय ७० वटा ठूला विमान खरिद गर्ने भएको छ ।

एअर इण्डियाले २ सय ५० वटा एअर वस र २ सय २० वटा बाेइङ खरिद गर्ने सम्झौता गरेको हो । मंगलबार भएको सम्झौता अनुसार एअर इण्डियाले वाइड बडी एअर वस थ्री फिप्टी र बोइङ ७ सय ८७ तथा बोइङ ७ सय ७७ खरिद गर्ने भएकाे छ । एअर इण्डियाले २ सय २० वटा बाेइङका लागि ३४ अर्ब डलर र २ सय ५० वटा एअर वसका लागि ४६ अर्ब डलर गरी कुल ८० अर्ब डलर तिर्ने भएकाे छ ।

Dengue

सम्झौता अनुसार यसै वर्षको अन्त्यतिरबाट एअर वस र बोइङ कम्पनीले एअर इण्डियालाई विमान हस्तान्तरण गर्न थाल्ने छन् । सम्झौतापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटकमा यति ठूलो कारोबार हुन लागेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । यो सम्झौता करिब १ सय वर्षको उड्डयन इतिहासकै ठूलो भएको जनाइएकाे छ । पछिल्ला वर्षहरुमा निरन्तर घाटामा गएपछि प्रधानमन्त्री मोदीले एअर इण्डियाको बहुमत शेयर टाटा समूहलाई विक्री गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार