सुदूरपश्चिमबाट उदाएकी विद्यार्थी नेतृ बम अनेरास्ववीयुको केन्द्रीय सचिवमा लड्दै

काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव रक्षा बमले २३औँ महाधिवेशनमा केन्द्रीय सचिवका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् ।

फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा बमले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बताएकी हुन् । धनगढीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता बमले छोटो समयमै आफूलाई संगठनमा अब्बल बनाएकी छन् । उनी २०६५ सालमा सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुलाको छान्ना तिंकरी कन्या माविमा सात कक्षामा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित हिसाबले जोडिएकी थिइन् ।

Dengue

उच्च शिक्षा हासिल गर्न धनगढी आएपछि कैलाली बहुमुखी क्याम्पसबाट अनेरास्ववियुमा सक्रिय भएर काम गरेको अनुभव उनीसँग छ । उनले कैलाली बहुमुखी क्याम्पसमा कमिटी सदस्य हुँदै कोषाध्यक्ष, सहसचिव र लामो समय कार्यवाहक अध्यक्ष भएर काम गरेकी थिइन् ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार