नाबालिग बलात्कार अभियुक्त पल शाहको मुद्दामा दुबै पक्षलाई बोलाउने उच्च अदालतको आदेश

काठमाडौँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका पल शाहको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई पुनरावेदन परेको जानकारी दिने आदेश गरेको छ। उच्च अदालत पोखराका न्‍यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजलासले यस्तो आदेश गरेको हो।

यो जानकारी प्राप्त भएपछि अर्को सुनुवाइमा दुवै पक्ष बहसका लागि उपस्थित हुनुपर्ने छ। जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा सफाइ र बाल यौन दुर्व्यवहारमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो। उक्त फैसलाविरूद्ध पल शाह र सरकारी वकिल दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। सरकारी वकिल कार्यालयले शाहलाई बलात्कार अभियोगमा सफाइ दिएको फैसला नमिलेको भन्दै पुनरावेदन गरेको थियो। शाहले भने आफूलाई बाल यौन दुर्व्यवहार र क्षतिपूर्ति भराउने फैसलाविरूद्ध पुनरावेदन गरेका थिए। दुवै पक्षको पुनरावेदन परेपछि दुवै पक्षलाई त्यसको प्रतिलिपिसहित जानकारी पठाउने आदेश भएको उच्च अदालत पोखराका सूचना अधिकारी तथा उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले बताए।

Dengue

उनका अनुसार अर्को पेसीमा बहसका लागि आउनका लागि यस्तो सूचना तथा जानकारी गराइन्छ। गत भदौ २१ गते मंगलबार जिल्ला अदालत नवलपुरले उनीविरूद्ध बाल यौन दुर्व्यवहार मुद्दामा फैसला सुनाएको थियो। पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार