कानुन अपहेलना गरेको आधारमा रवि लामिछानेलाई ५ वर्ष जेल सजाय हुन सक्छ : कानुनविद् डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले कानुन मिचेको आधारमा ५ वर्ष जेल सजाय हुन सक्ने बताएका छन् ।

शनिबार उपहारखबरसँग कुराकानी गर्दै डा. बस्नेतले लामिछानेलाई कानुन मिचेको आधारमा ५ वर्ष सम्म जेल सजाय हुन सक्ने बताएका हुन् । लामिछानेले नागरिकता विना नै सबै राज्यको महत्वपूर्ण जिम्मेवारी लिएको र पेश गरेको नागरिकता अवैधानिक भएकोेले लामिछानेलाई कानुनले नछोड्ने बताएका हुने । ‘कानुनको अनविज्ञता क्षम्य हुँदैन, उहाँ (रवि लामिछाने)लाई ५ वर्ष सम्म जेल सजाय हुन सक्छ,’ उनले भने, ‘लामिछानेले अवैधानिक नागरिकताको प्रयोग गरि जनतालाई झ्क्याउने काम गरेको छ, त्यसको सजायको भागेदार उहाँ हुनुपर्छ ।’

Dengue

सुशासनको कुरा गर्नेले नै कानुन पालना नगरेपछि जनताले कसरी विश्वास गर्ने भन्दै लामिछानेलाई प्रतिप्रश्न गरेका छन् । ‘चर्का कुरा गरेर जनतालाई ढाट्ने, टुडिखेलमा लगेर नाकको डाडी भाच्न मन छ भनेर भाषण गर्ने अहिले आएर आफै कानुनको धज्जि उडाउने, कस्ले र कसरी विश्वास गर्ने ? डा. बस्नेतले भने ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार