सुनको मुल्यमा एकै दिन १४ सयले गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

Dengue

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार