९५ जना एसपीको सरूवा, को कहाँ ? (सुचिसहित)

काठमाडौँ – नेपाल प्रहरीले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना एसपीको सरूवा गरेको हो।

पहिलो सूचीअनुसार ४२ जना एसपीको सरूवा गरेको छ। अर्को सूचीमा ५३ जनाको सरूवा गरेको उल्लेख छ। यसअघि काजको रूपमा खटाएकाहरूलाई पनि सरूवा सूचीमा समावेश गरिएको छ। माघ महिनादेखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो।

Seti Hospital

नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाडौंबाट कोमल शाहको जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएको छ। काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जका दिलिप घिमिरेको जिल्ला प्रहरी कार्यालय इलाममा सरूवा भएको छ।

उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौंका दिनेशराज मैनालीलाई सरूवा गरिएको छ। परिसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सीताराम रिजालको सरूवा भएको छ। यस्तै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनिती तथा कार्य योजनाका अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय गोरखामा सरूवा भउको हो।

सप्तरीमा रहेका अबि नारायण काफ्लेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका सरूवा गरेको छ। त्यहाँ रहेका अवदेश विष्ट क्षेत्रीको जिल्ला प्रहरी कार्यालय तनहुँमा सरूवा भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका कमल थापालाई जिल्ला प्रहरी कार्यालय कन्चनपुर पठाइएको छ।

त्यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका कृष्णप्रसाद कोइरालाको जिल्ला प्रहरी कार्यालय धनकुटामा सरूवा भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार