काभ्रेको भकुण्डेमा बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु, बसमा आगजानी

काभ्रे– नमोबुद्ध नगरपालिकाको भकुण्डेमा बिहिबार दिउँसो यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बिसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय कृष्णबहादुर अधिकारीको ८ वर्षिया छोरी दिविसा अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

Seti Hospital

आक्रोशित भीडले उक्त बसमा आगजानी गरेका थिए । त्यहाँ उपस्थित करिब ४–५ सय जनाले बसमा आगो लगाएको प्रहरी चौकी भकुण्डेवेशीले जनाएको छ । स्थानीयले वीपी राजमार्ग समेत अवरोध गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार