परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै

काठमाडाैं – परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नु भएको हो ।

स्वतन्त्रता दिवसको अवसरमा भोलि र पर्सि हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौड्याल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

पौड्याल शनिवार २० गते कोलम्बो प्रस्थान गर्ने र २५ गते  स्देश फर्किने कार्यक्रम रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार