कञ्चनपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

कञ्चनपुर – कञ्चनपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ सिमरीमा अटो दुर्घटना हुँदा २८ वर्षीय सरोज रिमालको उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार बिहान धनगढीबाट पुनर्वासको आईबीआरडी. तर्फ जाँदै गरेको म.१ ह. ८२४ नम्बरको अटो दुर्घटना भएको थियो। दुर्घटनामा परेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

Seti Hospital

दुर्घटनामा हेटौंडा घर भएका रिमालको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। अटोमा सवार महोत्तरी बर्दिबास–४ घर भएका २२ वर्षीय सुशील बुढाथोकी र रामेछाप घर भएकी १८ वर्षीय सबिना घिमिरे घाईते भएको र उनीहरु दुई जनाको खुट्टामा सामान्य चोट लागेको बताइएको छ। घाइते दुवै जनाको माया मेट्रोमा उपचार भइरहेको छ।

अटो मोहन्याल गाउँपालिका–२, कोल्तडी स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोड बस्दै आएका ३२ वर्षीय रमेश देवकोटाले चलाएका थिए। अटोमा चालकसहित चार जना सवार थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार