माओवादी स्थायी समिति बैठक : राष्ट्रपतिबारे छलफल

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल भएको छ ।

बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेस गर्नु भएको थियो । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको छ ।

Dengue

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गर्नुभएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार