राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त

Call24News

काठमाडौं– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

Dengue

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार