ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरे

Call24News

काठमाडौँ – उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन् ।

राप्रपाका अध्यक्षसमेत रहेका लिङ्देनले आफू किशोरावस्थादेखि रक्तदान गर्न थालेको बताउँदै नजिकमा रक्तदान कार्यक्रम देखेपछि समारोहस्थलमा प्रवेश गरेर रक्तदान गरेको स्मरण गरे । रगतको आवश्यक पर्ने बिरामीलाई जीवन भर्न रक्तदाताको कार्यले सहयोग पुग्ने उनको भनाइ थियो ।

Dengue

युवा सङ्गठनका संयोजक राजेश भट्टराईले सामाजिक उतरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्र सहभागी भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले हालसम्म १७२औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरेका थिए । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार