सुदूरपश्चिममा सरकार गठनका लागि पुस २७ गतेसम्मको समय

काठमाडौं – सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिए ।
संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । त्यसैले बहुमत पुर्‍याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार