लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

काठमाडौं – संघीय संसद्का सदस्यले ‘लोगो’ लगाउन पाउँछन् । ‘लोगो’ का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।

मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन् । अहिले सांसदका लागि भनेर चार सय ‘लोगो’ बनाइएको छ । प्रतिलोगोको मूल्य ५६ सय परेको छ । चार सय ‘लोगो’ बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ ।

Dengue

अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका ‘लोगो’ अझै फिर्ता गरेका छैनन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै ‘लोगो’ फिर्ता गरेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार