लोकप्रिय मतमा ओरालो यात्रा

काठमाडौं – २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो । लोकप्रिय (पपुलर) मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् । नेकपा (माओवादी केन्द्र)को हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन । २०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३ स्थान मात्र प्राप्त गर्‍यो । पछिल्ला तीन निर्वाचनमा मतदाता बढिरहे पनि दलहरूको मत भने घटिरहेको छ ।

हालैको निर्वाचनमा ठूला दलबाट नयाँ दलले स्थान खोसे पनि अघिल्ला चुनावसम्म प्रमुख तीन दलको भोट बैङ्कबाट अन्य दलले स्थान खोस्न सकेका थिएनन् । समानुपातिकतर्फको सदर मत सङ्ख्या बढे पनि दलहरूको स्थान घटिरहेको छ । मतदाता बढेको तुलनामा सदर मत प्रतिशत भने यो चुनावमा अघिल्लो पटकभन्दा कम छ । नयाँ दलले स्थान खोस्दा यो पटक एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थान गुमाएका छन् । यो पटक एमालेले साढे दुई प्रतिशत मत गुमाएको छ । यस्तै कांग्रेस तीन दशमलव ६८ र माओवादी केन्द्रले एक दशमलव ९२ प्रतिशत मत गुमाएको छ । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार