राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन पहिलो साता केन्द्रीय समितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुनमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।

यस्तै राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती ७७ जिल्लामै मनाउने र काठमाडौंस्थित भृकुटीमण्डपमा भेला भई र्‍याली गर्ने निर्णयसमेत गरेको छ।

Galaxy

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश सभा संसदीय दलले नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्नुपर्ने निर्णयसमेत कार्यसम्पादन समिति बैठकले गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गरेको राप्रपाले केही सर्त पूरा गर्ने प्रतिबद्धता आएपछि मात्रै सरकारमा जाने पनि बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार