कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बुधवार बसेको बैठकले शर्मालाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

अध्यक्ष केसीले भनिन्, ‘दल नेतामा कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत् छलफलपछि शर्मालाई सर्वसम्मतरूपमा दलको नेता बनाइएको हो ।’

Dengue

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका उनी पार्टीको जिल्ला इन्चार्ज, प्रदेश अध्यक्ष हुँदै अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार