संसद अधिवेशनका लागि तयारी पुरा

काठमाडौँ – संघीय संसद सचिवालयले संसद अधिवेशनका लागि तयार रहेको बताएको छ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाका अनुसार सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताए। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको जानकारी दिए। सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ।

उनले संसदका पदाधिकारीलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए। सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दा पनि उपलब्ध हुन नसकेको गुनासो गरे।

Seti Hospital

‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौं। संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ। सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरू सकिएको छ। गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौं,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार