पदभार ग्रहणमै गृहमन्त्री रवि लामिछानेले मागे निर्मला पन्त केसको अपडेट, फाइल अगाडि बढाउन निर्देशन

काठमाडौँ – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज साेमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलाे निर्णयका रूपमा निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने बताएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेकाे छैन ।

Dengue

उनले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएकाे बताउँदै आफूलाई यही मन्त्रालय राेजेकाे प्रतिक्रिया दिए । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयकाे बारेमा सबैभन्दा धेरै गुनासाे आउने गरेकाे उनले बताए । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उनले बताए । मन्त्रिपरिषदमा पनि प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने लामिछानेले उल्लेख गरे ।

मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।  स्वतन्त्र भएर त्याे विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार