नवनियुक्त प्रधानमन्त्री ‘प्रचण्ड’ को सपथ ग्रहण सँगै सानो मन्त्रिमण्डल पनि घोषणा हुने

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण सोमबार अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको हो ।

सपथ ग्रहणलगत्तै सोमबार नै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ । केही महत्वपूर्ण मन्त्रालयमा एमाले र माओवादीले बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने गरी कसरत भईरहेको बुझिएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात वटा दलले समर्थन गरेकाले अन्य भागवण्डाको विषयमा विस्तृत छलफल गरी मिलाउनु पर्ने भएकाले तत्काल सानो मन्त्रिमण्डल बनाउने तय भएको हो ।

Dengue

प्रचण्डलाई नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ स्वतन्त्रसहित १६९ सांसदले समर्थन गरेका छन् । कांग्रेससँगको सत्ता बाँडफाँडमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा नयाँ समीकरण बनेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार