सुदूरपश्चिममा पनि सरकार बनाउन एमाले नेतृत्वको गठबन्धनलाई बहुमत, काँग्रेस आउट !

कैलाली –  सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो ।

सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी(७) र राप्रपा(१) गरेर २९ सिटसहित नयाँ गठबन्धन सरकार बन्ने भएको हो । अब यहाँ नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्नेछ भने नेकपा (एकीकृत समाजवादी) पनि प्रतिपक्षीमा पुगेको छ ।

Dengue

नेकपा एमाले सुदूरपश्चिमका सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले शीर्ष तहका नेताहरुबीच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुंगो लाग्ने बताए । पाठकले संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि प्रदेश सरकारको नेतृत्व र मन्त्रालयको बाँडफाँट सबै दलहरुबीचको सहमतिका आधारमा हुने बताए । पण्डितले अहिले संघीय सरकार गठनको प्रक्रिया अघि बढेकाले छिट्टै प्रदेश सरकार गठनका सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा यसअघि पाँच वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले भागबण्डामा क्रममा एमालेले मुख्यमन्त्री पाउन सक्ने आकलन गरिएको छ । तर कांग्रेससँगको गठबन्धनका क्रममा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएको माओवादीले पनि सहजै नेतृत्व एमालेलाई छाड्ने सम्भावना नरहेको नेताहरु बताउँछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार