तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्दै प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्ने भएका छन् । संसदमा जम्मा ३२ सिट भएको माओवादीले प्रधानमन्त्री पद पाएको हो । नेपाली काँग्रेससँग सत्ता सहकार्यमा विवाद भएपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । बालकोटमा राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका नेता असोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत लागायतका नेताहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत भएपछि प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार