नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित वक्तृत्वकलामा मदरल्याण्ड स्कुलकी प्रशंसा कार्की प्रथम

Call24News

भक्तपुर –  नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी छात्रा प्रशंसा कार्कीले प्रथम स्थान हाँसिल गरी बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् ।

Dengue

ईडेन गार्डेन स्कुलकी छात्रा सदिक्षा बुढा दोश्रो र ईडेन गार्डेन कै छात्रा सुप्रिया श्रेष्ठले तेश्रो स्थान प्राप्त गर्न सफल भएका थिए भने पारागन एकेडेमीका छात्र एन्जल खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । ईडेन गार्डेन स्कुलमा सम्पन्न भएको उक्त वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवांले शिल्ड, जिल्ला अध्यक्ष संजय खड्काले मेडल र जिल्ला सचिव जय प्रकाश राईले टिका तथा खादा लगाइ विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना प्रदान गरेको कार्यक्रम संयोजक नेशनल प्याब्सनका सदस्य सुमन शिल्पकारले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार