जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न, मनास्लु वल्ड स्कुल प्रथम

Call24News

काठमाडौँ – नेसनल प्याब्सन काठमाडौँको आयोजना तथा कागेश्वरी मनोहरा नगर समितिको व्यवस्थापनमा जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

Dengue

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ खहरे पेप्सीकोलामा रहेको पाणिनी स्कुलमा भएको उक्त कार्यक्रममा ३२ विद्यालयलाई सहभागिता जनाउने भएतापनि २६ विद्यालय सदस्यहरुले सहभागिता जनाएका थिए । संस्थागत विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण शीर्षकमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले ५ मिनेट आफ्नो विचार प्रस्तुत गरेका थिए । काठमाडौँ जिल्ला समिति अध्यक्ष खडक बस्नेतका अनुसार २६ विद्यालयमध्ये उत्कृष्ट ४ विद्यालयलाई ट्रफि, नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उपस्थित सम्पूर्ण विद्यालयलाई समेत प्रमाणपत्र उपलब्ध गराइएको थियो । एक विद्यालयबाट एक जना सहभागिले प्रस्तुती राखेका थिए ।

जस अन्तर्गत मनास्लु वल्ड स्कुल प्रथम, मिलन धर्मस्थल स्कुल द्धितीय, दिव्य ज्ञान स्कुल तृतीय भएको छ । यसैगरी मेगा पब्लिक स्कुल चौथो भएको कार्यक्रमका संयोजक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार