राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट

Call24News

काठमाडाैं – नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी सफलताका लागि बधाई र शुभकामना दिनुका साथै अबका दिनमा राप्रपा कसरी अघि बढ्छ भन्नेबारे पनि चासो राखेका छन् ।

पार्टी अध्यक्ष लिङ्देन निकट नेताका अनुसार कार्यवाहक राजदुत वाङले घुमाउरो शैलीमा नयाँ सरकारमा राप्रपाको सहभागिताबारे चासो राखेका थिए  । राप्रपाले हालै सम्पन्न चुनावमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेर प्रतिनिधिसभामा पाँचौ शक्ति बनेको छ ।

Dengue

सरकार गठनको लागि राजनीतिक दलहरुबीच गृहकार्य जारी रहँदा राप्रपाले भने सरकारमा जाने/नजाने विषयमा स्पष्ट धारणा सार्वजनिकगरेको छैन् । भेटमा अध्यक्ष लिङदेन र नेताद्वय ध्रुवबहादुर प्रधान तथा भुवन पाठक सहभागी थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार