४० दलले गुमाए धरौटी

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभातर्फ २ हजार ४ सय ११ र प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३५ उम्मेदवारी परेकोमा दुवैतर्फ गरी ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको जनाएको हो ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवार १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको छ । आयोगका अनुसार प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २ सय ३७ महिला र एक अन्य गरी कुल २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ ।

Dengue

यो संख्या कुल उम्मेदवारको ७६ प्रतिशतभन्दा बढी हो । आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ गरी ४ हजार २ सय ८५ उम्मेदवारको धरौटी जफत भएको जानकारी दिए । निर्वाचन कानुनअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत पाउन नसक्ने उम्मेदवारको धरौटी जफत हुन्छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि प्रतिनिधिसभामा ४० दलको धरौटी जफत भएको छ । यो समाचार राजधानी दैनिकमाछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार