बस दुर्घटना अपडेटः १३ जनाको सनाखत, ४ जनाको पहिचान खुल्न बाँकी

काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको सनाखत भएको छ । जसमा सवारी चालक ललितपुर महाकंल घर भइ पनौती–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिना रहेका छन् ।

Dengue

त्यसैगरी बनेपा–१४ घर भएका ३९ वर्षीय राजकुमार तामाङ, बनेपा–११ घर भएकी ७९ वर्षीया निर्मला तामाङ, बनेपा–८ का ११ योगेश तामाङ, बनेपा–११ का ५० वर्षीय अकुर तामाङ, बनेपा–११ कै ४३ वर्षीया हेमा तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेयना तामाङ, मण्डनदेउपुर–१ की ३७ वर्षीष जेलि तामाङ र धुलिखेल–११ का ३० वर्षीय बुद्ध तामाङ रहेका छन् ।

त्यस्तै घाइतेहरुको जिल्ला स्थित धुलिखेल अस्पताल, बनेपा स्थित शिर मेमोरियल र काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा हिजो साँझ करिब सवा छ बजे बा ३ ख ४३८५ नं. रिर्जव बस दुर्घटना भएको थियो ।

बेथानचोक गाउँ पालिकाको वडा नं. ५ च्याल्टी भन्ने ठाउँबाट छेवार (व्रतवन्ध) मनाएर फर्कर्ने क्रममा ओरालोमा अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बनेपा–११, सल्लेबाट बेथानचोक ५ च्याल्टीमा आफन्तको छेवारमा गएर फर्किने क्रममा बस दुर्घटना भएको हो ।

घटनास्थल बस्ती नजिकै भए पनि बस डोजरको सहायताले उठाइएको थियो । पल्टिएर बसले थिचेर धेरैले ज्यान गुमाएको स्थानीयको भनाई छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली, जनप्रतिनिधि र स्थानीय घटना स्थलमा पुगी घाइतेहरुको उद्धार गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार