अवैध लागूऔषध सहित कञ्चनपुर सहित अन्य स्थानबाट ६ जना पक्राउ

कञ्चनपुर, बेलौरी नगरपालिका-६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो देखिने पदार्थ करिब २ ग्राम ६२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदावरी नगरपालिका-९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउद र २७ वर्षीय रुपेश राना रहेका छन् ।ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.४ प ९५०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थ करिब १५ केजी सहित रुकुम काक्री गाउँपालिका-९ घर भएका हाल दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ मानपुर बस्ने ४३ वर्षीया आशा कुमारी बुढा लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारततर्फ जाँदै गरेका उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Dengue

सर्लाही, पर्सा गाउँपालिका-६ नेपाल-भारत बोर्डर दशगजाबाट अवैध लागूऔषध गाँजा करिब ७ केजी ५ सय  ग्राम सहित हरिपुर्वा नगरपालिका-९ बसतपुर बस्ने १९ वर्षीय बिमलेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी पर्साबाट खटिएको प्रहरीले स.७ प ९९१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्सा, ठोरी गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ३ सय ६३ केजी सोमबार राति प्रहरीले बरामद गरेको  छ । ईलाका प्रहरी कार्यालय ठोरी र सशस्त्र प्रहरी बल बिओपी ठोरीबाट खटिएको संयुक्त टोलीले चितवन माडीबाट वीरगंजतर्फ जाँदै गरेको ना.४ ख ६५५५ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा मिनी ट्रक सहित उक्त गाँजा बरामद गरेको हो । हाल फरार रहेका मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार