स्ववियु चुनावकाे मिति तत्काल घोषणा नगरे आन्दोलन गर्न बाध्य हुन्छौँ : अनेरास्ववियु

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावकाे मिति तत्काल घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

अध्यक्ष सुनिता बरालसहितकाे टाेलीले मंगलबार त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । फागुन १४ मा स्ववियु चुनाव सम्पन्न गर्न र अविलम्ब चुनावकाे कार्यतालिका सार्वजनिक गर्न अनेरास्वियुले त्रिविलाई आग्रह गरेकाे छ ।

Dengue

कुनै पनि बहानामा स्ववियु चुनाव नगराउने छुट त्रिविलाई नभएकाे ज्ञापनपत्रमा उल्लेख छ । तत्काल स्ववियु चुनावकाे मिति घाेषणा नभए आफूहरु आन्दाेलन गर्न वाध्य हुने अनेरास्ववियुकाे चेतावनी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार