साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को यात्रानिबन्ध ‘डोल्पो ओ डोल्पो’ लोकार्पण

काठमाडौँ – साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को यात्रा निबन्ध ‘डोल्पो ओ डोल्पो’ लोकार्पण गरिएको छ ।
बुधबार राजधानीमा एक कार्यक्रमकाबीच साहित्यकार किशोरको कृति ‘डोल्पो ओ डोल्पो’ लोकार्पण गरिएको हो । साझा प्रकाशनबाट प्रकाशित उक्त कृति बारे प्राध्यापक डाक्टर रमेश भट्टराईले आफ्नो विचार राखेका थिए । किशोरको उक्त यात्रा निबन्ध जस्तै निबन्धको खोजी गरिरहे पनि आज आएर बल्ल भेटिएको उनको भनाई थियो । साहित्यकार किशोरले डोल्पाको यात्रालाई स्मरण गर्दै उक्त यात्रा निबन्ध लेखेका छन् ।

Seti Hospital

कार्यक्रममा श्रीबाबु कार्कीको ‘संग्दिध शताब्दी पनि लोकार्पण गरिएको थियो । कार्यक्रममो ‘व्युत्पत्तिमुलक संस्कृत–नेपाली शब्दकोश’ का लागि केशरकार प्रा. नीलमणि ढुंगानालाई २०७८ सालको साझा पुरस्कार समेत प्रदान गरिएको थियो । यो ग्रन्थ साझा प्रकाशनले हालसम्म प्रकाशन गरेका ठुला ग्रन्थहरुमध्येको एक महत्वपूर्ण ग्रन्थ पनि हो । साझा पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

साझा प्रकाशनका अध्यक्ष डा. विजय सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि भूभी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मी, प्राध्यापक निलमणि ढुंगाना, साहित्यकार किशोर, श्रीबाबु कार्की साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेललगायतका व्यक्तहरुले मन्तव्य राखेका थिए ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार