निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्न माध्यमिक तह तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनि गर्ने भएको छ ।

आयोगको अनुसार मावि तहमा नाम निकाल्न सफल भएका शिक्षकहरु निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकोले निमाविमा सिफारिस भईसकेपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।

Dengue

आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा भन्छन्, ‘मावि तहमा सिफारिस भईसकेकाले निमावि तहमा पनि नाम निकालेको पाइयो । यसो हुँदा कोटा ल्याप्स हुने भएकोले निमाविको अन्र्तवार्ताबाट सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।’

निमाविमा नाम निकाल्ने व्यक्तिले प्राविमा पनि निकाल्दा कम सिफारिस हुन गई कोटा ल्याप्स हुने भएकोले यस्तो गरिएको प्रवक्ता मरहठ्ठाले बताए । आयोगले निमावि तह तृतीय तह श्रेणी शिक्षक पदको लागि मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म अन्तर्वार्ता तोकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार