कोरियाली नागरिकहरुले लगेजमा ल्याएको ६१ वटा आईफोन भन्सारको नियन्त्रणमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ६१ थान आईफोन र चार थान सामसुङ मोबाइल नियन्त्रणमा लिएको छ।

कार्यलयले आइतबार कोरियाली नागरिकले ल्याएको मोबाइलहरु नियन्त्रणमा लिएको हो। कोरियन एयरबाट नेपाल झरेका तीन जना कोरियाली नागरिकको लगेज चेकजाँच गर्दा मोबाइलहरु भेटिएको हो।

Dengue

भन्सारको एक्सरे मेसिनबाट चेकजाँच गर्दा मोबाइल भेटिएको भन्सार कार्यलयले जनाएको छ। तीन वटा लगेजमा आइफोन १३ र १४ प्रो म्यक्स ६१ वटा, आइफोन चार्जर ८० वटा र सामसुङ मोबाइल चार थान भेटिएको हो। कूल एक करोड १५ लाख रुपैयाँ बराबरको आइफोन नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।

तीन कोरियाली नागरिक नेपालमा गल्फ खेल्ने बहानामा आएको हुन सक्ने भन्सार कार्यलयका एक कर्मचारीले बताए। ती नागरिकको लगेजमा गल्फ खेलमा प्रयोग गरिने सामाग्री समेत भेटिएको छ। ती कर्मचारीले भने ‘हाम्रो कानुनले व्यक्ति पक्राउ गर्ने भन्ने बारे स्पष्ट तोकेको छैन, त्यसैले यसरी सामाग्री ल्याउनु गैरकानुनी भएको भनी पत्र दिसकेका छौं।’

कोरियाली नागरिकले कुनै तस्करहरुसँग सेटिङ गरेको हुन सक्ने अनुमान गरिएको छ। भन्सार कार्यालयले यो विषयमा थप अध्ययन गरिरहेको छ। पछिल्लो समय देशमा महँगो मोबाइल आयातमा प्रतिबन्ध लगाउँदा चोरी पैठारीमा वृद्धि भएको छ। भन्सार कार्यालयले पनि चेकजाँचलाई कडाईका साथ अघि बढाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार