निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ ।

निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ ८४ पैसा रहेको छ । यसमा विभिन्न शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि जोडिएको छ । यस्तै प्रतिलिटर डिजेलको कुल लागत मूल्य १७७ रुपियाँ ४७ पैसा (४८ रुपियाँ ३० पैसा करसहित) र हवाई इन्धन लागत मूल्य १४७ रुपियाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपियाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार