बाजुरामा कांग्रेसका पाण्डे ३ हजार ८ सय बढी मतान्तरले अघि

काठमाडौँ – बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले ३ हजार ८ सय ८७ मतसहितको अग्रता लिएका छन्। पाण्डेले १७ हजार ४० मत ल्याएका छन् भने एमालेका कर्णबहादुर थापाले १३ हजार १ सय ५३ मत ल्याएका छन्।

पाण्डे ३ हजार ८ सय ८७ मतान्तरले थापाभन्दा अघि छन्। मतदानका क्रममा विवादपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका कार्यकर्ता चेतन अयडीको निधन भएको थियो। अयडीको निधनपछि बाजुरामा मतगणना रोकिएको थियो। निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेपछि बाजुरामा बिहीबारदेखि मतगणना सुरू भएको हो।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार