प्रतिनिधिसभातर्फ अब ४ क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौँ – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।

सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहेका छन् ।

Dengue

दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराए । खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरे ।

यस्तै सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छिन् । पछिल्लो यो नतिजासँगै मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार