कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको एमाले समानुपातिकमा भने पहिलो

सुर्खेत – कर्णाली प्रदेशमा प्रत्यक्ष मा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा ( माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी ८ हजार९९३ ,नेकपा माले ३ हजार ९९ भोट ,  नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट , राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट , हाम्रो नेपाली पार्टी १ हजार ६६२,  जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस (बीपी)५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३  भाेट रहेकाे छ ।

नेश्‍नलिष्ट पिपल्स पार्टी ४११ , नागरिक उन्मुक्ति पार्टी ३८६ , नेपालका लागि नेपाली पार्टी ३६०, एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी ,नेपाल नौलो जनवादी पार्टी ,सचेत नेपाली पार्टी,नेपाल सुशासन पार्टी ) ३२६ , एकल चिह्न गितार (सामाजिक एकता पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)रनेपाल दलित पार्टी ३२० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२ ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४ , राष्ट्रिय जनमुक्ति पार्टी २०४ , नेपाल लोकतान्त्रिक पार्टी १४६ , बहुजन शक्ति पार्टी ६३ र  नेपाल संघीय समाजवादी पार्टी ४० भोट पाएका छन् ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार