रुकुमबाट जनार्दन शर्माले तय गरे चौथो पटक संसदको यात्रा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा निर्वाचनमा रूकुम पश्चिमबाट विजयी भएका छन्। उनले २६ हजार ५ सय ८८ मतान्तरले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन्।

शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन्। माओवादी शान्ति प्रक्रियामा आएदेखि शर्मा निरन्तर संसदमा रहँदै आएका छन्। २०६३ को अन्तरिम व्यवस्थापिकामा सांसद भएका शर्मा २०६४, २०७० र २०७४ मा निर्वाचित भएका थिए। उनी चौथोपटक संघीय संसदमा निर्वाचित भएका हुन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार