बैतडीबाट एमाले नेता भण्डारीको लगातार तेस्रो जीत

बैतडी –  बैतडीमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन्। एकमात्र क्षेत्र रहेको बैतडीमा भण्डारी प्रतिनिधि सभामा विजयी भएका हुन्। उनले ३३ हजार ६११ मत ल्याएका छन्।

पूर्व अर्थ राज्यमन्त्री समेत रहेका भण्डारीले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुवर (विजयसुन्दर) लाई १५३१ मतान्तरले पराजित गरेका हुन्। कुवरले ३२ हजार ८० मत ल्याएका छन्। यसअघि दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को निर्वाचनमा पनि भण्डारी बैतडीबाटै निर्वाचित भएका थिए। यहाँबाट नेता भण्डारीले लगातार जित निकालेर ह्याट्रिक कायम गरेका हुन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार