काठमाडौँ – दार्चुलाको प्रदेशसभा–२ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिएका छन् । गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी सन्तोषले सुरुआति अग्रता लिए पनि एमाले जोशीले उनलाई उछिनेर ८ सय २२ मतले अग्रता लिएका हुन् । अपिहिमाल र शैल्यशिखर नगरपालिकाको मत गणना सम्मपन्न हुँदा सम्म एमालेका जोशीले ६ जहार ७ सय ३८ र गठबन्धनका धामीले ५ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । जोशीको गृहनगरको मत गणना सम्पन्न भएको छ भने धामीको गृह पालिकाको मतगणना हुन बाँकी छ । यस अनुसार धामी र जोशीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
प्रतिक्रिया दिनुहोस्