झापामा उत्साहजनक रुपमा मतदान

झापा– आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ ।

नेता सिटौलाले बिहान ७ः२० बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान गर्नुभयो । झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उहाँले झापा क्षेत्र नं १ मा मतदान गर्नुभएको हो । त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार उहाँले बिहान ९ः७ बजे मतदान गर्नुभएको हो ।

Dengue

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्नुभएको छ । झापा क्षेत्र नं ३ का उम्मेदवार लिङ्देनले साइत हेरेर ११ः३० बजे मतदान गर्नुभएको हो । झापा जिल्लामा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि छ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन् । जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र अन्य आठ जना मतदाता छन् । जिल्लामा दुई सय ८५ वटा मतदानस्थल रसात सय ६८ मतदान केन्द्र छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार