निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न, परीक्षण उत्पादनको तयारी

काठमाडौँ – नेपालमा निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । सोलुखुम्बुमा निर्माण भएको ८६ मेगावाट सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर परीक्षण उत्पादनको तयारी सुरु भएको छ ।

आज साेमवार सुरुङमा पानी भरिएको र भोलि मङ्गलवारसम्म परीक्षण उत्पादन हुने आयोजनाको मातृ कम्पनी साहस ऊर्जा लिमिटेडले जनाएको छ । साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले विभिन्न चरणको परीक्षण गर्नुपर्ने भएकाले डेढ महिनाभित्रमा व्यावसायिक उत्पादन गर्ने तालिका बनाइएको जानकारी दिए ।

Dengue

यो निजी क्षेत्रले निर्माण गरिरहेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना हो । तर उत्पादन सुरु हुने चरणमा पुगे पनि प्रसारण लाइनको तार तान्ने काम भने सकिएको छैन । व्यावसायिक उत्पादन सुरु हुने बेलासम्म प्रसारण लाइनको तार तान्ने काम पनि सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा संरचनाहरू निर्माण गरिएका छन् । आयोजनाको सबै काम सम्पन्न हुँदा १४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार