चुनावका लागि काठमाडौं छाड्ने बढे, दलहरुको ‘निःशुल्क बस’ सेवा

काठमाडौं – आमचुनाव नजिकिएसँगै काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीमा यात्रुको चाप बढ्न थालेको छ । चुनावमा मत खसाल्न गाउँघर जानेहरु बढेसँगै यात्रु काउन्टर, बस स्टप र बससहित सार्वजनिक सवारीमा भीडभाड बढेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ । तर, कामको सिलसिलामा आफ्नो स्थायी थातथलो छोडेर शहरमा बस्नेहरुलाई चुनावमा लागि गाउँ लैजान दलहरुले नै जोडबल गर्ने गरेका छन् ।

नयाँ बसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय कम्पनीका पंकज मल्लका अनुसार कात्तिकको २२ र २५ गते सुरक्षा निकायहरुले सुरक्षाकर्मीलाई ठाउँ–ठाउँमा पुर्‍याउन एकैपटक २५० वटा बस बुक गराएका थिए । त्यसका कारण पनि केही दिन सवारीमा यात्रुको चाप बढेको थियो । ‘बाजुरा, बझाङ लगायत पश्चिमका जिल्लाका याुत्रलाई दलहरुले झण्डावाला गाडीमा लगिसके’ मल्लले भने ।

Dengue

चुनावमा आफ्नो पक्षमा बढी भन्दा बढी मत खोसोस् भनेर यात्रुको खर्च आफैंले ब्यहोरेर दल, उम्मेदवार तथा नेता कार्यकर्ताहरुले निःशुल्क गाउँ जाने बसहरु व्यवस्थापन गर्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यष सरोज सिटौला केही दलहरुले मतदाता ओसार्न बुक गर्न थालेको बताउँछन् । ‘दलहरुले यात्रुहरुलाई गाउँ लैजान सुरु गरिसकेका छन्,’ उनले भने, ‘अहिले सवारीको बुकिङ बढेको छ ।’

उनका अनुसार प्रत्येकजसो चुनावमा दलहरुले आफ्ना मतदातालाई निःशुल्क घर पुग्ने व्यवस्था गरेका छन् । निःशुल्क गाउँ जाने मौकाको फाइदा उठाउँदै काठमाडौंबाट धेरै यात्रुहरु बाहिरिन थालिसकेको सिटौलाले बताए ।

‘अब केही दिन सवारीमा पनि चाप बढ्छ,’ उनी भन्छन्, ‘मताधिकार प्रयोग गर्न गाउँ जानेहरुलाई सुहज र सुरक्षित यात्रा गराउन हामी प्रतिवद्ध छौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार