रड प्रहार गरी साथीको हत्या

तनहुँ – साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो ।
दुलेगौंडा स्थित रिमाल अटो केयरमा काम आलेलाई त्यही काम गर्ने सर्लाही गौरीशङ्कर नगरपालिका–५ का २५ वर्षीय नवीन कुमार चौधरीले रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो चौधरीले टाउको लगाएका विभिन्न ठाउँमा रडले प्रहार गर्दा गम्भिर घाइते भएका आले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । आलेलाई प्रहरीले तत्कालै उद्धार गरी तनहुँ सेवा अस्पताल दुलेगौडामा लगेकोमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो । चौधरीलाई घटना लगत्तै पक्राउ गरिएको प्रनाउ खड्काले बताए ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार