भारतबाट आएकै दिन श्रीमान् खोसिए

डोटी- डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए ।

बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिन् । छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो । माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताइन् । पति र छोरी छेउमै पुरिँदा आफू भने कराउँदै गुहार मागिरहेको बताउँदै उनले भनिन्, ‘म करिब एक घन्टासम्म गुहारिरहें । पछि गाउँले आएर मलाई निकाले । पति र छोरी भने पुरेको पुरियै रहे ।’ एउटै कोठामा रहेका पति र छोरीको मृत्यु भएपछि बाँच्न सफल उनी विछिप्त बनेकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार