प्रधानमन्त्री देउवाद्वारा पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

उहाँले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

Dengue

पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान पाल्पाको रम्भा गाउँपालिकामा, हुँगीमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार