कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु

कालिकोट – कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।

शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए। उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको रिमालले बताए।

Dengue

उनका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो। यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको डिएसपी रिमालले बताए। घटनामा तीन जना गम्भीर घाइते समेत छन्। सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते छन्।

कमलको दाहिने हात र दुबै खुट्टा भाँचिएको छ। मुस्कानको दाहिने खुट्टामा गहिरो चोट छ भने दर्शनाको पेटमा प्वाल परेको, दुबै खुट्टामा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर छ। उनीहरूलाई पनि हेलिकप्टरबाट उपचारको लागि सुर्खेतमा पठाइएको छ। डिएसपी रिमालका अनुसार विस्फोट भएको बम नयाँ हो वा पूरानो भन्ने अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार