अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की

सुनसरी– सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताउनुभएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढनेमा जोड दिनुभयो । नेपाली कांग्रेससहित लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट प्रतिनीधिसभा सुनसरी–४ का उमेदवारसमेत रहनुभएका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनता सामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको जानकारी दिनुभयो । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बताउनुहुँदै अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

Dengue

देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्पपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपरलेस प्रविधिकार्य आफनै पहलमा हुन लागेको जानकारी दिनुभयो ।

चक्रपट्टि जेसीजले गत साता आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत तनाव व्यवस्थापनका लागि योगाभ्यास, साइबर क्राइम विरुद्ध अन्तक्रिया, नेतृत्व र व्यक्तित्व विकासका लागि जेसिज विषयक अन्तरक्रिया, मैत्रीपूर्ण फुटबल र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको मूल आयोजक समितिका कार्यक्रम संयोजक तेजबहादुर पुरी (सन्तोष)ले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार