अर्थशास्त्री स्वर्णिम वाग्ले भन्छन् – ‘देशको विकास गर्न गगनको नेतृत्व आवश्यक छ’

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौं क्षेत्र नम्बर चारसँगै सिंगो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए ।

‘उहाँको प्रस्तुति तयारीसहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसद्मा पनि गगन थापा र मीनेन्द्र रिजालको मात्र उपस्थित बलियो थियो,’ उनले भने । विगतमा ओलीको दुईतिहाइ सरकारलाई उत्तरदायी बनाउने काम थापाबाट मात्र भएको वाग्लेको भनाइ छ ।

Dengue

‘ओलीको दुईतिहाइ सरकारलाई अलिकति भए पनि उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो । कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ्य बिमाका विषयको विषय उदाहरण हुन् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार