कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहित ४८ जनालाई स्पष्टीकरण सोधियो

काठमाडौं– निर्वाचन आयोगले हिजोसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो । विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेकामा ३० वटाको जवाफ प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

आयोगले स्पष्टीकरणको जवाफका आधारमा थप कारबाही गर्ने भएको छ । आयोगले शुक्रबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले महामन्त्री शर्माविरुद्व आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।

Dengue

आयोग र आयोगका पदाधिकारीलाई लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको भन्दै अन्य तीन नेतालाई पनि स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार