भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक हाे : केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरु भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक भएको बताएका छन् ।

ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा रावल र भूसालको नाम नलिई पार्टीभित्र पर्याप्त अवसर पाएको र पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताए । ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरुले अरुलाई पनि पालो दिनुपर्ने भएकाले टिकट नपाउनु स्वभाविक भएको दावी गरे ।

Dengue

‘असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवामन्त्री, खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ?’ उनले भने ।

पार्टीको हितमा एक शब्द नबोलेको र तमासा देखाइरहेको भन्दै ओलीले यस्ता कुराको पछि नलाग्न कार्यकर्ताहरलाइ आग्रह गरे । अवसर नपाउने धेरै नेता कार्यकर्ताले पार्टीको पक्षमा काम गरिरहेको तर दुई जनाका लागि फलानोले किन पाएन भनेर प्रश्न उठाइएको भन्दै उनले असन्तुष्टी जनाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार